|

काठमाडौं : आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो भएको छ। शनिबार राति भएको खेलमा बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै क्यामरुन तेस्रो भएको हो।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। निर्धारिय समयमा बुर्किना फासोले तीन गोलको अग्रता लिएपनि जोगाउन सकेन। २४औँ मिनेटमा स्टिभ यागोले गोल गर्दै बुर्किना फासोलाई सुरुवाती अग्रता दिलाए। ४३औँ मिनेटमा क्यामरुनका आन्द्रे ओनानाले आत्मघाती गोल गरेपछि बुर्किना फासोले अग्रता दोब्बर बनायो। 

४९औँ मिनेटमा डिजव्रिल ओउटाराले गोल गर्दै बुर्किना फासोलाई थप बलियो बनाए। तर दोस्रो हाफमा जोसिएको क्यामरुनले ७१औँ मिनेटमा पहिलो गोल फर्कायो। स्टेफेन वाहोकेनले गोल गर्दै खेललाई ३–१ गोलको अवस्थामा ल्याए। ८५औँ मिनेटमा भिन्सेन्ट एब्डोउबकारले गोल गर्दै क्यामरुनलाई खेलमा फर्काउनेने प्रयास गरे। ८७औं मिनेटमा भिन्सेन्ट एब्डोउबकारले व्यक्तिगत दोस्रो गर्दै खेललाई बराबरीमा ल्याएर। त्यसपछि क्यामरुनले टाइब्रेकरमा बाजी मारेको थियो।

फाइनलमा उपाधिका लागि आज राति इजिप्ट र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ। इजिप्ट आठौँ पटक उपाधि चुम्ने दाउमा छ। सेनेगलल पहिलो पटक उपाधिको जित्ने होडमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.