|

काठमाडौं :  लता  मंगेशकरको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भयो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

विगत दुई सातादेखि उनी सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत थिइन्। अन्ततः उनी ९२ वर्षको उमेरमा आज अन्तिम सास फेर्दै यो धर्तीबाट बिदा भइन्। प्रसिद्ध भारतीय गायिका लताले नेपाली भाषासहित ३६ भाषामा करिब ३० हजारभन्दा बढी गीतमा स्वर भरेकी छिन्।

उनले गाएको अन्तिम नेपाली गीत ‘बाचुन्जेलीलाई’ म्युजिक नेपालबाट सन् २०१२ मा सार्वजनिक गरिएको थियो। उक्त गीत गायनका क्रममा लिइएको अन्तर्वातामा लताले भनेकी थिइन्, 'यो गीत गायक रामकृष्ण ढकालले गाएर पठाउनु भएको थियो। ढकाल आफैमा सुन्दर गीत गाउने व्यक्ति हुनुहुन्छ। मलाई यस गीतमा स्वर भर्न पाउँदा खुशी मिलेको छ।'  उक्त गीतमा संगीतकार शिखर सन्तोषले लताले आफ्नो जीवनको अन्तिम गीत मार्फत नेपाली संगीतलाई एक अमूल्य आशीर्वाद दिएको प्रतिक्रिया दिए।

'भौतिक रूपमा दिदी हामी माझ नरहेपनि संगीतको दुनियाँको हर ताल, सुर, लय, शब्द माझ मन्त्रमुग्धमय भएर बाँचिरहनु हुनेछ', सन्तोषले सामाजिक संजालमा लतालाई श्रद्धाञ्जली दिदैँ लेखेका छन्, 'उहाँले आफ्नो जीवनको अन्तिम गीत मार्फत नेपाली संगीतलाई एक अमूल्य आशीर्वाद दिनुभएको छ। बाँचुन्जेल हाम्रो जीवनको सकारात्मक सार्थकतालाई उजागर गर्ने कालजयी गीत बाचुन्जेलीलाई।' यसको अलवा उनले अन्य नेपाली गीतमा पनि स्वर भरेकी छिन।

मंगेशकरले गाएको ‘आकाशको तिरमिर तारा म गन्न सक्दिन’ गीतमा मविवि शाह (महेन्द्र वीरविक्रम शाह) को शब्द रहेको छ भने गीतमा संगीत हेमन्त कुमारले भरेका छन्। यो गीत ‘उसैका लागि-२’ एल्बमको लागी रेकर्ड गरिएको थियो। यो गीत म्युजिक नेपालले २०२० अप्रिल ८ मा आफ्नो अफिसियल युट्युवबाट सार्वजनिक गरेको छ।

यस्तै,  सन् १९६६ मा रिलिज भएको नेपाली फिल्म 'माइती घर' मा पनि उनको स्वर छ। 'जुन माटोमा जन्मेउ हामी’।  यो गीतमा मविवि शाहको शब्द रहेको छ। जसमा जयदेवको संगीत रहेको छ।

 त्यसैगरी मंगेशकरले गाएको अर्को गीत हो-‘बाचुञ्जेलीलाई’। गायक रामकृष्ण ढकाल र लताको स्वरमा सन् २०१२ मा सार्वजनिक भएको भयो। आनन्द अधिकारीको शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.