नारायणकाजी भन्छन् : पार्टी दृढ छ, यथास्थितिमा एमसिसी स्वीकार्न सकिन्‍नँ

|

काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को विषयमा अमेरिकालाई पठाएको पत्र बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट बनेका छन्। 

एमसिसी फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न समयसीमा 'डेडलाइन'सहित प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले पठाएको पत्र बाहिरिएपछि प्रचण्ड रुष्ट बनेका हुन्। 

देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा पत्र पठाउँदै ५ महिनाको समयसीमा पास गर्ने प्रतिबद्धता अमेरिकालाई दिलाएका थिए।

अमेरिकालाई एमसिसीमा प्रतिबद्धता जनाएका प्रचण्ड सार्वजनिक रूपमा भने संशोधन गर्नुपर्ने बताउँदै आइरहेका थिए। 

प्रधानमन्त्री देउवामार्फत बाहिरिएको पत्रबाट प्रचण्डको दोहोरो भूमिका प्रष्ट भएपछि असन्तुष्ट बनेका हुन्।

पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी गरेका थिए। प्रचण्ड र श्रेष्ठले पत्र सार्वजनिक गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

प्रचण्डको हस्ताक्षरसहित एमसिसी पास गर्ने प्रतिबद्धता सहितको पत्र बाहिरिँदासमेत माओवादी नेता नारायणकाजी श्रेष्ठले भने एमसिसीबारे पार्टी दृष्टिकोण र अडान नफेरिएको दाबी गरेका छन्। 

फेसबुकमा लेखेका छन्, ‘प्रम देउवा र अध्यक्ष क.प्रचण्डद्वारा एमसिसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।’

उनले माओवादीले यथास्थितिमा एमसिसी स्वीकार गर्न नसक्ने प्रष्ट गर्दै संसदीय अनुमोदनको प्रक्रिया अगाडि बढाउन नसक्ने प्रष्ट गरेका छन्। 

‘पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिँदैन’ उनले लेखेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.