|

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले तत्काल भाडा तिर्न भृकुटीमण्डपभित्र पसल, व्यवसाय गर्ने र संघसंस्थालाई निर्देशन दिएकी छन्। मंगलबार वर्षौंदेखि भृकुटीमण्डपभित्र व्यवसाय चलाइरहे पनि व्यापारीहरूले भाडा नतिरेपछि उनले अनुगमन गरेर भाडा तिर्न निर्देशन दिएकी हुन्।

समाज कल्याण परिषदको भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराईले मन्त्री रेग्मीले तत्काल भाडा तिर्न निर्देशन दिएको र नतिर्नेलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्ने चेतावनी दिएको बताए।

‘अनुगमन गरेपछि उहाँले भाडा बुझाउन पसल, व्यवसायी र संघसंस्थालाई निर्देशन दिनु भयो, नदिनेलाई कारबाही प्रक्रिया अगाडि बढाउनु भन्नु भएको छ, त्यहीअनुसार अब हामी अगाडि बढ्छौँ,’ उनले भने।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पसल, व्यापारीदेखि विभिन्न संघसंस्थाको हालीमुहाली छ। वर्षौंदेखि उनीहरूले  भाडा बुझाएका छैनन्। करिब ५ करोड भाडा उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ। 

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.