|

काठमाडौं : दीपेन्द्र के खनालद्वारा लिखित तथा निर्देशित फिल्म ‘चिसो मान्छे’को पहिलो पोष्टर सार्वजनिक भएको छ। नयाँ प्रदर्शन मितिसहित मंगलबार फिल्मको पहिलो पोष्टर सार्वजनिक गरिएको हो। 

पोष्टरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई देखाइएको छ। जसमा उनी गुन्यो चोली लगाएर एउटा झोला बोकेर उभिएकी छिन्। भेषभूषाशृंगारले चिसो मान्छेमा उनलाई यसअघिका फिल्मभन्दा फरक अवतारमा देखिने संकेत गरेको छ। 

फिल्मका छायाकार समेत रहेका लेखक तथा निर्देशक खनालका अनुसार यो एउटा यात्राको कथा हो। जसमा जीवन, मृत्यु र चिसिएको समाजको कथा रहनेछ। प्रतीक्षित फिल्मको रुपमा हेरिएको चिसो मान्छेको पोष्टरलाई सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। 

त्यस्तै‚ यसअघि वैशाख ३० देखि प्रदर्शनमा आउने भनिएको फिल्म असार ३ मा प्रदर्शन हुने भएको छ। फिल्मको सम्पूर्ण काम सकिए पनि वैशाखमा हुन लागेको स्थानीय चुनावका कारण फिल्मको प्रदर्शन मिति सार्नु परेको बताइएको छ। 

शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्ममा स्वस्तिमासँगै अर्पण थापाको मुख्य भूमिका रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.