|

काठमाडौं :  चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरे। अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई २-० गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगिसकेको छ।

क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.