|

काठमाडौं : नेपाली र्‍यापर भिटेन(समीर घिसिङ)को युट्युब च्यानल ह्याक भएको छ। च्यानल ह्याक भएसँगै त्यहाँ भएका दर्जनौ गीत पनि डिलिट भएका छन्। 

बिहिबार विहान उनको १६ लाख भन्दा बढी सब्स्क्राइबर भएको अफिसियल युट्युब च्यानल 'भिटेन म्युजिक' ह्याक भएको हो। ह्याक भएपछि उक्त च्यानलको नाम इथेरियम(२.०) राखिएको छ। 

'यात्रा', 'कथा', 'क्रिमिनल' लगायतका गीत करोडभन्दा बढी पटक हेरिएको थियो। विशेषज्ञका अनुसार च्यानल र त्यसमा भएका सबै सामग्री फिर्ता ल्याउने सम्भावना भने रहन्छ। भिटेन त्यसकै तयारीमा लागेका छन्। 

केही दिनअघि मात्र भिटेनको 'गल्ली सडक' बोलको र्‍याप सार्वजनिक भएको थियो। झण्डै एक करोड पटक हेरिएको उक्त र्‍यापले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको थियो।

भिटेन नेपालकाे सबैभन्दा धेरै युट्युब सब्सक्राइबर हुने र्‍यापर पनि हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.