‘मधेशमा विदेशी शक्तिले माओवादीविरुद्ध छरेको भ्रम सकियो’

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीलाई सखाप पार्न लाग्ने प्रतिगमनकारी शक्तिहरू पराजित भएको दाबी गरेका छन्।

मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसके र जनता विजयी भइसकेका छन्।’

उनले मधेश र लुम्बिनी लगायतका प्रदेशमा माओवादीमा प्रवेश गर्नेको लहर चलेको दाबी गरे। शान्ति सम्झौतामा हस्ताक्षर गर्ने वेलामा नै मधेशी जनता माओवादीमय भइसकेको दाबी गर्दै त्यो वेला भ्रम छरेको उनले आरोप लगाए। 

प्रचण्डले भने, ‘पछिल्लो समय विदेशी शक्तिहरूले मधेशमा माओवादीविरुद्ध भ्रम छरे। मधेशी जनताको अधिकारका लागि भन्दै हिँडेका केपी ओली विदेशी शक्तिको इसारामा चले। मधेशका जनताको भविष्य सुनिश्चित भएको पार्टी माओवादी नै हाे। मधेशी जनताकाे पक्षमा भएको दाबी गर्ने पार्टीहरू नै अहिले संघीयता र गणतन्त्र विरोधी भए।’

मधेशी जनताप्रति माओवादीमा बढेको मोहले विदेशी शक्तिले माओवादीविरुद्ध जनतामा छरेको भ्रम सकिएको प्रचण्डको बुझाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.