|

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी वैशाख ३० गते हुने निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ। 

धुम्बाराहीस्थित पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले पार्टी सुदृढ बनाएर जाने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। 

स्थानीय तहको निर्वाचनमा पार्टीलाई सफल बनाउन महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजनामाथि छलफल भएको उनले बताए। 

बैठकले पार्टीको कार्यसमिति बैठक फागुन ११ गते काठमाडौंमा बस्ने निर्णय गरेको समेत बताए। 

पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बसेको बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी पनि उपस्थित थिए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.