|

काठमाडौं : चर्चित हास्य टेलिश्रृखंला 'सक्किगोनी'का लेखक, निर्देशक तथा कलाकार अर्जुन घिमिरे 'पाँडे'लाई मातृ शोक परेको छ।

काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचारको क्रममा रहेकी उनको शुक्रबार विहान १ बजे निधन भएको हो।  मस्तिष्काघात कारण घिमिरेकी आमा बिमला घिमिरेको दश महिनादेखि अस्पतालमा उपचार भइरहेको थियो। 

आमाको निधनपछि घिमिरेलाई उनका सहकर्मी, विभिन्न कलाकारदेखि उनका शुभचिन्तकले दुःख व्यक्त गरेका छन्। घिमिरेका सहकर्मी कुमार कट्टेल 'जिग्री'ले आमाको निधनको खबरले स्तब्ध भएको बताएका छन्।

कट्टेलले सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्, 'आमाको चिर शान्तिको कामना गर्दछु। आमाको बैकुण्ठ बास होस। शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गर्दछु।'

त्यस्तै कलाकार मनोज गजुरेल, दीपकराज गिरी, शिव परियार लगायतका कलाकारले घिमिरे र परिवारप्रति समवेदना प्रकट गरेका छन्। 

डेढ महिनाअघि बुवा र आमा दुवै बिरामी भएको उल्लेख गर्दै आफूहरूलाई सम्पूर्ण विपत्ति एकै पटक परेको भन्दै घिमिरेले फेसबुकमा स्टाटस लेखेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.