‘प्रधानमन्त्रीले संसद स्थगित गर्दा आफ्नो बदनाम गरियो’

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने खेल भइरेको बताएका छन्। उनले सत्ता गठबन्धन कुनै सम्झौताको आधारमा नबनेको दाबी गरेका छन्। 

माओवादीले पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा योजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा प्रचण्डले भने, ‘हामीले कुनै देश विशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन।’

एमसीसी सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच मतभेद भएका बेला प्रचण्डको यो अभिव्यक्ति आएको हो।  गठबन्धन टुट्न नहुनेमा भने उनको जोड थियो। ‘आज कसैले कुनै परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यसको ऐतिहासिक धरातल भत्काउने जस्तै हुन जान्छ। हामीले यो गठबन्धन जुन मूल्य र मान्यतामा टेकेर बनाएका हौं त्यसैमा दृढ रहौं,’ प्रचण्डले भने। 

उनले सरकार ढलाउन र चुनाव बिथोल्न विभिन्न प्रपञ्च भइरहेको पनि बताए।  त्यस्तै उनले प्रधानमन्त्री देउवाको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित गरेको भएपनि आरोप भने आफूलाई लागेको गुनासो गरेका छन्।

उनले भने ‘कतिसम्म दुष्प्रचार गरियो भने सदनको बैठक प्रचण्डको निर्देशनमा पहिला ६ दिन अनि अहिले १० दिन स्थगित गरिएको भनेर झुटो प्रचार गरियो, प्रचण्डलाई बदनाम गराउन अझै पनि लागिरहेका छन्,’ प्रचण्डले भने, ‘हिजो प्रधानमन्त्रीसँगको भेटमा भन्नुभयो, प्रचण्डलाई जनतालाई भनि दिनुहोस् बैठक मेरो आग्रहमा स्थगित भएको हो, सञ्चारमन्त्रीले हाम्रै अगाडि सभामुखलाई फोन गरेर बैठक स्थगित गराउन लगाउनु भयो, प्रचार चाहिँ मैले गरेको भनेर आयो।’

सशस्त्र युद्ध सुरु गरे देखी नै माओवादी आन्दोलन र नेतृत्वलाई बदनाम गराउन लागिपरेको र त्यो क्रम अझै नरोकिएको प्रचण्डको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.