|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजे बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि छलफलका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्। 

यसअघि पनि  सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले पटक-पटक आह्‍वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित हुँदै आएको छ। भोलिका लागि सभामुखले बोलाएको बैठकमा पनि एमाले जान्छ कि जाँदैन भन्न‍े विषयलाई चासोपूर्वक हेरिएको छ।

सत्ता गठबन्धनका कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले २१ बुँदे आरोप लगाउँदै ९८ सांसदको हस्ताक्षरसहित महाभियोग दर्ता गरेका छन्।  

महाभियोगमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन्। 

सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन ४ गते बस्नेगरी बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.