|

विराटनगर :  एमसिसीको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ।

नेकपा एकीकृत समाजवादी पार्टीनिकट जनवर्गीय संगठनहरूले विराटनगरमा आइतबार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोधमा प्रदर्शन गरेका हुन्।
विराटनगरको महेन्द्रचोकदेखि निकालेको विरोध प्रदर्शनसहित र्‍यालीले नगर परिक्रमा गरेर ट्राफिकचोकमा आएर कोणसभामा परिणत भएको थियो।

उनीहरूले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘दलालहरू होसियार, राष्ट्रिय स्वाधिनताको रक्षा गर' लगायत नारा लगाउनुका साथै कालो झण्डा पनि प्रदर्शन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.