|

काठमाडौं :  कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था खुलेका छन्।

करिब एक महिना पश्चात विद्यालय खुलेका हुन्। कोरोना संक्रमण मत्थर भएपछि फागुन १ देखि विद्यालय खोल्ने निर्णय सरकारले गरेको हो।  विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरेर मात्र विद्यालय सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। संक्रमण कम भए पनि जोखिम कम नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले स्वास्थ्य मापदण्ड पुरा भए नभएको निगरानी गर्ने यदि स्वास्थ्य मापदण्ड पुरा नभएका कारबाहीको चेतावनी दिएको छ।  

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.