|

हेटौंडा : बागमती प्रदेशसभाको गतिरोध हटाउन प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक डाकेका छन्।

सत्तापक्ष–प्रतिपक्षको विवादले २ महिनादेखि संसद् सञ्चालन हुन नसकेपछि सभामुखले बुधबारका लागि सर्वदलीय बैठक डाकेका हुन्।

उनले संसद् सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्दै बैठक सञ्चालनको पहल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार सभामुख श्रेष्ठले बुधबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।

लामो समयदेखि सत्तापक्ष–प्रतिपक्षको विवादको चेपुवामा प्रदेशसभा पर्दै आएको छ। जसले गर्दा प्रदेशसभाको बैठक बस्न सकेको छैन।

पछिल्लो पटक पुस ७ र ८ गते बसेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेपछि सरकारले सदन सञ्चालन गर्न नसकेको हो।

एमालेले मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्नुपर्ने, आफ्नो नेतृत्वको सरकारले ल्याएको योजना कटौती फिर्ता गर्नुपर्ने र नेकपा (एकीकृत समाजवादी)को कमिटी गठन भएको स्थानमा मात्रै बजेट दिने भनेर मुख्यमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने माग राख्दै आएको छ।

आफूले भनेअनुसार मुख्यमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआएसम्म संसद् चल्न नदिने एमालेको अडान छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.