|

काठमाडाैं : कुटपिट गरी एक जनाकाे हत्या गरेकाे अभियाेग लागेका ललितपुरका एक जनालाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा ललितपुर साविक चापागाँउ गाविस- ८, सल्यानगाँउ हाल काठमाडौं गोदावरी नगरपालिका-१० बस्ने ५६ वर्षीय सुनबहादुर तामाङ छन्।

तामाङसहितले सल्यानगाँउ बस्ने घटेरो कान्छो भन्ने गणेश बहादुर नगरकोटीलाई  २०४१ चैत्र १२ गते राति कुटपिट गरी हत्या गरेकाे प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले जनाएकाे छ।

कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट २०४४ जेठ ५ गते साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० नं. बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला भएको थियाे।

ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले तामाङलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएकाे प्रहरीले जनाएकाे छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.