|

काठमाडौं : पोखराको ढुङ्गे साँघुस्थित सेती नदीको खोँचमा अड्किई घाइते अवस्थामा रहेका एक व्यक्तिको उद्धार गरिएको छ। सिन्धुपाल्चोक घर भई हाल पोखरा महानगरपालिका- १० बस्ने ३७ वर्षीय भीम बहादुर तामाङलाई प्रहरीले उद्धार गरेको हो।

प्रहरी हवल्दार श्याम कान्त श्रीवास्तवको नेतृत्वमा प्रहरी जवान गन कुमार खण्डलुक, प्रहरी जवान दिपेन्द्र बोहोरा, प्रहरी जवान कुमार थाल मगर समेतको विशेष उद्धार टोलीले ५ घण्टा लगाएर उद्धार गरेको हो।

नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालबाट खटिएका उद्धार टोलीसँग समन्वय र सहकार्य गरिएको कास्की प्रहरीले जनाएको छ। तामाङलाई थप  उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.