|

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई उनको निवास चाक्सीबारी पुगेका छन्। 

नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्। उनले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिए।  यद्यपि दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको नेता सिंहका स्वकीय सचिव  युपी लामिछानेले जानकारी दिए। 

एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवा दौड धुप गरिरहेका छन्। देउवा जसरी पनि एमसीसी संसदबाट एमसीसी पास गराउने पक्षमा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीकाे विपक्षमा छन्। 

गठबन्धनमा कुरा नमिलेपछि देउवा गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.