|

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदहरूलाई सभामुखले कारबाही गरेको सूचना प्रकाशन नगरेको विरोधमा एमालेले लामो समयदेखि संसदमा विरोध जनाइरहेको छ। 

आजको बैठक पनि सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी सुरु गरेका छन्। आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध गरिरहने एमालेको भनाइ छ। 

त्यस्तै, संसद बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित  भएको थियो।

संसदको अवरोध हटाउने तथा एमसिसीबारे बिहीबार राति अबेरसम्म प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो। यद्यपि, कुनै निकास निस्किएको भने छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.