|

सर्लाही : सर्लाहीमा एक क्विन्टल बढी लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्।

आज लालबन्दी नगरपालिका–१ स्थित भवानी हेल्थ केयर अगाडि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट लागुऔषध गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा गाडी चालक धादिङको सिदुलेख गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र विश्वकर्मा र गाडीमा सवार मकवानपुर कैलास गाउँपालिका–२ का ४८ वर्षीय भीमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पिकअप गाडीमा माछा बोक्ने पहेँलो ड्रमभित्रबाट १२६ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत एवम् प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

प्रहरीले उनीहरूका साथबाट ८५ हजार नगद र दुईवटा मोबाइल समेत बरामद गरेको छ। पक्राउ परेकाहरूका सम्बन्धमा अनुसन्धान थालेको जिप्रका सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.