|

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले गठबन्धनका दलहरू एमालेलाई देखाएर एक अर्कामाथि हावी भएको बताएका छन्। 

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई लक्षित गर्दै रिमालले मन्त्रिपरिषदमा बसेर सुरक्षा टाइट गर्ने निर्णय गर्ने र आफ्नै कार्यकर्तालाई सडकमा हिंसात्मक आन्दोलनमा उकास्ने दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन्।

रिमालले सोमवार बिहान सामाजिक सञ्जालमा लेख्दै नेपाली कांग्रेस र माओवादी केन्द्र घिउ बेचुवा र तरबार बेचुवाजस्ता भएको टिप्पण गरेका छन्। ‘गठबन्धन वालाहरू- घिउ बेचुवा र तरबार बेचुवा’जस्ता!’ उनले लेखेका छन्‚ ‘प्रमको दल र सभामुखको दल दुबै एमालेलाई देखाएर एक-अर्कामाथि हावी हुने दाउमा छन्।’ 

यसैगरी एमाले संसदीय दलको जानकारीबिना भीम रावललाई संसदमा बोल्न दिएकोमा पनि रिमालले आपत्ति जनाएका छन्। उनले लेखेका छन्, ‘दलको जानकारी बेगर सिखण्डी खडा गरेर बहस पनि यसैगरी, निर्णय पनि यसैगरी हुने भन्दै चिट पनि मेरै पट पनि मेरै ,चिची पनि मलाई पापा पनि मलाईको कपटपूर्ण अभ्यासमा गठबन्धन छ।’

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.