|

गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङले बार्सिलोनाका लागि ह्याट्रिक गरेको खेलमा क्याटलान क्लबले ऐयालेन्सियामाथि ४-१ को सहज जित निकालेको छ। स्पेनिस लालिगाअन्तर्गत आइतवार राति भएको खेलमा बार्सिलोनाले महत्त्वपूर्ण जित आत्मासात् गर्‍यो।

बार्सिलोनाले घरेलु टोली भ्यालेन्सिया २३ औं मिनेटमा औवामियाङको गोलबाट अग्रता लिएको थियो। उनले जोर्डी अल्वाको पासलाई सदुपयोग गर्दै बार्सिलोनामा पहिलो गोल गरेका थिए।

३२ औं मिनेटमा फ्रान्की डि जोङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै टिमलाई २-० को अवस्थामा पुर्‍याए। ३८ औं मिनेटमा औवामियाङले पाब्लो गाभीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल सम्भव बनाए। पहिलो हाफमै ३-० को अग्रता बनाउन बार्सिलोना सफल भएको थियो।

५२ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर‚  ६३ औं मिनेटमा औवामियाङले ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले ४-१ को प्रभावशाली जित निकाल्न सफल भयो। यसै विन्टरमा फ्रि ट्रान्सफरमा बार्सिलोना आएका औवामियाङले बार्सिलोनाका लागि ओपनिङ गोलमै ओपनिङ ह्याट्रिक समेत गरे।

जितसँगै बार्सिलोना २४ खेलबाट ४२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। समान ४२ अंक नै रहे पनि बार्सिलोनाले गोल अन्तरमा एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिडलाई पछि पारेको छ। बार्सिलोना एक खेल बढी खेलेको तेस्रो स्थानमा रहेको रियल बेटिससँग ४ अंकले पछि छ। पराजित भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.