|

काठमाडौं :  एमसीसीबारे आन्तरिक विवाद भएपछि नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठक दिउँसो १ बजेका लागि बोलाएको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। सत्ता गठबन्धन दल समाजवादीमा एमसिसीलाई लिएर मत बाझिएपछि बैठक बोलाइको हो। 

हिजो बिहान बसेको गठबन्धन दलको बैठकले संसदमा एमसीसी टेबल गर्ने निर्णय गरेर टेबल भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले चर्को असन्तुष्टि जनाएका थिए। उनले संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए। 

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो। त्यस निर्णयका बारेमा पनि फरक–फरक विज्ञप्ति आएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.