|

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको सोमबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयका बारेमा जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन्।

मन्त्री श्रेष्ठले मालपोत लगायत कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महशुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन दिइन्।

विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यावहारिक समस्या छन् भने त्यो समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सधै तयार रहेको पनि मन्त्री श्रेष्ठले बताइन्।

मन्त्री श्रेष्ठले देशभरका मालपोत कार्यालयमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको दोहन नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसर नरहने गरी काम गर्नसमेत विभागलाई निर्देशन दिइन्।

छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृत्तिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्र प्रणालीमा लैजानुपर्ने र त्यसको सुरु गर्नसमेत मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई आग्रह गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.