|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ८८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार १४० जनामा गरिएको परीक्षणमा ३ सय ८८ जना संक्रमित भेटिएका हुन्। आज ४ जना संक्रमितको मृत्यु भएको छ भने १२०५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयको विवरणअनुसार हाल देशभर ११ हजार २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल संक्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको छ। हाल १९ जना संक्रमित भेन्टिलेटरमा र १३९ जना संक्रमित आइसियुमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.