|

सर्लाही : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार युवती घाइते भएको प्रहरीले जनाएको छ। आज दिउँसो ३ बजेतिर फुलजोरतर्फबाट आइरहेको प्रदेश २–०३–००६ प १२० नम्वरको मोटरसाइकललाई नारायणघाटबाट विराटनगरका लागि छुटेको ना ५ ख १५६१ नम्वरको बसले रानीगन्ज चोकैमा ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-१० का २२ वर्षीय निरज उप्रेतीको ज्यान गएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीलाई रानीगन्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्‍याइएकोमा त्यही मृत्यु भएकाे प्रहरीले जनाएको छ।

मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–७, बस्ने २२ वर्षीया लक्ष्मी विकको भने गण्डक अस्पतालमै उपचार भइरहेको छ। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.