|

काठमाडौंः ओमानमा जारी टी-२० विश्वकप छनोट खेलअन्तर्गत सेमिफाइनलमा नेपालले युएईको सामना गर्दैछ। विश्वकपका लागि निर्णायक खेलमा युएईविरुद्ध टस हारेर नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 

समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ए को उपविजेता युएइईको सामना गर्न लागेको हो। यो खेलको विजेता टोली यसै वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउने छ। 

नेपाल र युएईबीच भएका पछिल्ला ४ टी-२० खेलमा दुवै टोलीले २/२ जित हात पारेका छन्। त्यस्तै अर्को सेमिफाइनलमा आयरल्याण्ड र ओमान खेल्दै छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.