|

हेटौंडा : मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ नेवारपानीको दारिमटार र ईन्द्रसरोवर गाउँपालिकामा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।

बस्तीपुरबाट नेवारपानीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५प-१५०३ नम्वरको मोटरसाइकललाई ना.५ त ७३३८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक १७ बर्षिय सुदीप तितुङको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तैगरी हेटौंडा–फाखेल–काठमाडौं सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट आउँदै गरेको बा.५७ प ८५७० नम्बरको मोटरसाइकल ईन्द्रसरोवर–२ सुकौरामा सडकबाट करिब चार सय फिट तल खस्दा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.