|

काठमाडौं : अभिनेता पल शाहले आफूमाथि लागेका आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि षड्यन्त्र भएको जिकिर गर्दै उनले आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका हुन्।

बुधबार गायिका समीक्षा अधिकारीले आफूमाथि पलले यौन हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन्।  

जाहेरीदर्तापछि पलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले पक्राउको तयारी गरेका बेला पलले आफूमाथि षड्यन्त्र भएको दाबी गरेका हुन्। 

पलले आफूमाथि षड्यन्त्र गर्ने व्यक्तिहरूको नाम पनि सार्वजनिक गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.