|

दाङ : तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीस्थित एक किराना पसलमा आगलागी भएको छ। बिहीबार बिहान करिब साढे ३ बजे सुमित्रा वलीको रिमा किराना पसलमा आगलागी भएको इलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

आगलागीबाट करिब १८ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ। तुलसीपुर उपमहानगरपालिकाको दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा आगो केही समयमै नियन्त्रणमा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.