|

काठमाडौं : युक्रेनी सेनाले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा रहेको आफ्नो आधार शिविरमा बमबारी गरेको जनाएको छ।

बयानका अनुसार रुसले राजधानी किफ नजिकैको बोरिसिपिल एयरबेस र अन्य एयरपोर्टहरूमा मिसाइल आक्रमण गरेको छ। 

सेनाको विज्ञप्तिमा युक्रेनको वायुसेनाले रुसी हवाई आक्रमणको सामना गरिरहेको जनाएको छ। सेनाले रुसी प्याराट्रुप्स देशको दक्षिणी बन्दरगाह सहर ओडेसामा अवतरण गरेको कुरा अस्वीकार गरेको छ।

बेलारूसी सैनिकहरू रुसी आक्रमणमा सामेल भएको पनि धेरै रिपोर्टहरूमा भनिएको छ। यी रिपोर्टहरूमा युक्रेनी अधिकारीहरूलाई उद्धृत गरिएको छ। 

युक्रेनको उत्तरी सिमानामा अवस्थित बेलारुस वर्षौंदेखि रुसको सहयोगी रहेको छ। उत्तरबाट भएको आक्रमणको अर्थ पूर्वी युक्रेनमा रुसको आक्रमणसँगै युक्रेनविरुद्ध अर्को मोर्चा खुलेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.