|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसिसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्ने बताएका छन्।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसिसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन्।

एमसिसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनले बताए। अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेले बताए।

नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरुसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सकिने तर्क गरे।

उनले भने, ‘विश्व बैंक, दक्षिण एसियाली बैंकले नेपाललाई निश्चित सहयोग दिने गर्दछ। त्यो अहिले विगतमा भन्दा बढाइरहेको छ। आइएमएफले पनि केही दिन अगाडि ४० करोड डलर हामीलाई कर्जा दिएको छ। भर्खरै हामीले ४८ अर्ब हामीले प्राप्त गरेका छौँ। तर, यदि यो सम्बन्ध ५५ अर्ब नलिने कुरासँग केही छैन। नलिए पनि केही भएको छैन। तिमिले लिएनौं मैले दिन्नँ मैले अन्त पनि बाँडिदिन्छु भनेर सहज रुपमा उसले लिएर गयो भने नो प्रश्न। त्यसले ठूलो नोक्सानी कही हुँदैन।'

उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भीर हुनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.