|

काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा कांग्रेस एमाले निर्णायक वार्ता सुरु भएको हो। 

भेटवार्तामा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा छन्। भने, 'एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।

प्रधानमन्त्री देउवाअघि नै नेताहरू बालकोटमा दुवै तर्फका नेताहरू छलफल गरेका थिए। त्यसअघि दुवैतर्फका नेताहरुले आन्तरिक छलफल गरेका थिए। 

प्रधानमन्त्री देउवाले गठबन्धन कायमै राख्ने प्रयास गरे पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसिसी अनुमोदन गर्न नसक्ने अडान कायमै राखेकाले देउवाले ओलीसँग वार्ता अघि बढाएका हुन्। 

तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज एक कार्यक्रममा बोल्दै गठबन्धन जोगाएरै एमसिसीको समस्या समाधान गर्नेबारे छलफल भइरहेको बताएका थिए। 

प्रधानमन्त्री देउवाले एमालेसँगको वार्ता आजको चौथो हो। यसअघि तीन चरणमा वार्ता बसिसकेको छ। आइतबार प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्री देउवाले एमसिसी पास गर्ने तयारी गरिरहेका छन्। 

तर, एमालेले माधव नेपालसहित १४ सांसदको कारवाही सदर गर्नुपर्ने वा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने अडान राखेको छ। एमालेसँग प्रधानमन्त्री देउवाले बिहीबारदेखि निरन्तर संवाद गरिरहेका छन्। वार्ता सकारात्मक भएपछि आजको बैठकलाई निर्णायक मानिएको छ। 

भोलिको प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथि छलफल गर्ने कार्यसूची तय भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.