|

काठमाडौं : प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ। 

प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन। मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छैन। हरेक प्रदेश सभाले आफ्नो प्रदेशको नाम र राजधानीबारे आफै निर्णय गर्न सक्ने संवैधानिक व्यवस्था छ। तर दल र नेताहरुको आ–आफ्नै अडान र आफू अनुकुल निर्णय गराउने प्रयत्नका कारण नामको बिषय पेचिलो बनेको छ। 

प्रदेश १ मा मुख्यमन्त्री तीन पटक फेरिए पनि नाम राख्ने सकस भने अझै तोडिएको छैन। त्यस्तै प्रदेशसभा बैठकमा प्रदेश सरकार ऐन संशोधन विधेयक र प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयकमा छलफल हुने प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.