|

काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको को मूल्य घटेको छ। सुन प्रतितोला एक हजार ४०० र चाँदी ४० रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रूपैयाँ तोकिएको छ। गत शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ आइतवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० तोकिएको छ। शुक्रवार ९७ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। ​

त्यस्तै‚ आज चाँदीको प्रतितोला मूल्य एक हजार २९५ तोकिएको छ। शुक्रवार १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.