|

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसी विरुद्ध सडकमा आएको माओवादी निकट विभिन्न संगठनले नेतृत्वले आफूहरूलाई धोका दिएको बताएका छन्। 

आइतबार बानेश्वरमा भेटिएका नेता तथा कार्यकर्ताले आफूहरू सडकमा हाजिर लगाउन मात्र न आएको बताएका हुन्। 

नेतृत्वले एमसिसीलाई व्याख्यात्मक टिप्पणीका साथ पास गर्ने निर्णय गरेसँगै कार्यकर्तामा निराशा थपिएको छ। ‘एमसिसी राष्ट्रघाती छ। हामी यसको विरोधमा छौँ’ आन्दोलनमा आएका कार्यकर्ताहरूले एक स्वरमा भने।

माओवादी केन्द्रले आज व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ। त्यसको पार्टीभित्रबाटै विरोध भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.