|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी परियोजना एमसिसी अनुमोदनको विषयलाई लिएर पार्टीमा विमति रहेको स्वीकार गरेका छन्। 

निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले नेता नारायणकाजी श्रेष्ठ एमसिसी अनुमोदनको विपक्षमा रहेको भन्दै अध्यक्ष दाहालले असन्तुष्टि बाहिर नराखी केन्द्रीय कमिटी बैठकमा राख्न आफूले अनुरोध गरे पनि बाहिर कुरा राखेकोमा असन्तुष्टि व्यक्त गरे। 

एमसिसीको विपक्षमा अभिव्यक्ति दिँदै आएका नेता देव गुरुङ भने पार्टीको निर्णय कार्यान्वयनमै सक्रियतापूर्वक लाग्नुभएको उनले बताए। संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाको निम्ति बनेको वर्तमान सत्तारूढ गठबन्धन कायम रहने, सरकार बच्ने र यही सरकारले निर्वाचन गराउने स्पष्ट पारे। 

माओवादी केन्द्र सडक आन्दोलनमा जानुको उपलब्धि नै व्याख्यात्मक घोषणा गर्न सकिएको जिकिर गरे। माओवादीको आन्दोलनका कारण अमेरिका र सत्तारूढ नेपाली कांग्रेस पनि व्याख्यात्मक घोषणाका लागि सकारात्मक भएको उहाँले दाबी गर्नुभयो। नेपाली जनताले देखाएको पहलकदमीका कारण पनि समस्या समाधानमा सहयोग पुगेको उनले बताए। 

उनले भने, ‘उहाँहरुले राष्ट्रियताप्रति सजग भएर सडकमा गएर आवाज उठाउनेहरू, हामीले विपक्षमा भोट हाल्छौँ है यो यथास्थितिमा पास गर्दैनौँ भन्ने त मै हो नि। अस्तिसम्म। हामी त्यसो भनेर त्यहाँ बहस गर्नेहरू। यो सबैको मिहिनेत नभएको भए यो व्याख्यात्मक घोषणासम्म आउने थिएन। त्यसकारण यसको सम्बन्ध त्यहाँ छ है मित्र तपाईहरू ख्याल गर्नुहोला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.