|

दाङ : तुलसीपुर उपमहानगरपालिकाका-३ जना कार्यपालिका सदस्यको पद रिक्त भएको छ। सोमबार निर्वाचन आयोगले नेकपा एमालेलाई पत्र लेख्दै ३ जना कार्यपालिका सदस्यले दल त्याग गरेकाले स्वतः पद रिक्त भएको जनाएको छ।

कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले पार्टी परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो। उनीहरू तीनजना नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध भएका छन्।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

उनीहरूमध्ये कुमाल पार्टी फुट्नेबित्तिकै एकीकृत समाजवादीमा आबद्ध भएका थिए। उनी हाल पार्टीका तुलसीपुर नगर सचिव छन्। रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको केही दिनमै एकीकृत समाजवादी प्रवेश गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.