|

सर्लाही : ईश्वरपुर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। वडा नम्बर ४ र १३ को सीमामा पर्ने अमुवा खोला पुलमा ज ११ प ८९४५ नम्वरको मोटरसाइकल पुलबाट तल खस्दा मोटरसाइकलमा सवार महोत्तरीको औरही नगरपालिका–१ का ३२ वर्षीय चन्दनकुमार साह र सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियाका राम विश्वास मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

पुलमुनि मोटरसाइकलसहित दुई जनाको शव देखेपछि बुधबार बिहान करिब ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सर्लाहीको हरिपुरस्थित चिताइन मेलाबाट राति फर्किने क्रममा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

दुवैजना महोत्तरीस्थित एक फर्निचर उद्योगका कामदार रहेको बुझिएको ढुंगानाले बताए। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.