|
फाइल तस्वीर

धनगढी : गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढी सीधा हवाई उडानबाट जोडिने भएका छन्। बुद्ध एयरले आज (बुधबार) कैलालीको धनगढी–पोखरा सीधा उडान शुरु गरेको हो। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध स्थापित भएको जनाएको छ। आज शुरु हुने उडानको एक कार्यक्रमबीच उद्‌घाटन गर्ने तयारी भइरहेको बताइएको छ।

बुद्ध एयरका अनुसार धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान भर्नेछ। सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन्। 

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) का सचिव पदमविक्रम सिंहले धेरै अनुरोधपछि बुद्धले पोखरा–धनगढी उडान भर्न लागेको भन्दै खुशी व्यक्त गरे। उनका अनुसार नाटाले आज धनगढी आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम पनि राखेको छ। धनगढी विमानस्थलबाट अहिले धनगढी–काठमाडौं र प्रदेशको अछाम, डोटी, बाजुरा र बझाङमा विमान उडान हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.