|

हेटौंडा : बागमती प्रदेशसभाको बैठक फागुन २९ गते बस्ने भएको छ। 

प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै प्रदेशसभा बैठक फागुन २९ गते दिउँसो १ बजे बस्ने जनाएको हो। यसअघि गएको १६ गते सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण दुई महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन। एमालेले सरकारले गरेको मन्त्रालय विभाजन,योजनाहरु कटौती लगायतको कुरामा औचित्य पुष्टि गर्दै चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गर्दै संसद चल्न दिएको छैन।

एमालेको अवरोधका कारण पुस ८ गतेदेखि संसद बस्न नसकेपछि दुई साताअघि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक बोलाएका थिए। सर्वदलीय बैठकबाट श्रेष्ठले फागुन १५ गते पुनः सर्वदलीय बैठक बस्ने र १६ गते प्रदेशसभा राख्ने सहमती जुटाएका थिए।

तर,केन्द्रमा एमसीसीको कारण राजनीतिक ध्रुवीकरण हुँदा १६ गते बैठक बस्न सकेको थिए । लामो समयदेखि संसद बस्न नसक्दा सरकारले बनाउनुपर्ने ऐनहरू पनि बन्न सकेको अवस्था छैन । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.