|

रौतहट : नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले शनिबार प्रेस चौतारी नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन चन्द्रनिगाहपुरमा गरेका छन्। अधिवेशनको उद्घाटन गर्दै नेता ज्ञवालीले पार्टीलाई चलायमान गर्न पत्रकारको प्रमुख भूमिका हुने बताएका छन्।

यसैबीच प्रेस चौतारी नेपाल मधेश प्रदेशको अध्यक्षमा पत्रकार फणि महत चयन भएका छन्। समितिको उपाध्यक्षमा बाराका अनिल तिवारी, महिला उपाध्यक्षमा सप्तरीकी अर्चना परियार, महासचिवमा रौतहटका गौतम श्रेष्ठ, सचिवद्वयमा धनुषाका भगलु माझी, पर्साका ग्यासुदिन मिया, कोषाध्यक्षमा पर्साका जितेन्द्र साह लगायत २७ सदस्य प्रदेश समिति चयन भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.