|

काठमाडौं :  एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाल र उनका सहयोगीलाई गएराति पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए।

अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको पालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.