|

काठमाडौं : महोत्तरीको औरही नगरपालिका ४ कठुधारमा टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका २ का २२ वर्षीय संजित मण्डल र पछाडी सवार सम्सी गाउँपालिका १ पर्साका १२ वर्षीय धिरज मण्डल रहेको महोत्तरी प्रहरीले जनाएको छ। गएराति गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जलेशवर स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो। हिजो राति साढे ७ बजे प्रदेश २–०२–००१ च ०८४१ नम्बरको टाटा सुमोले अनटेष्ट लेखिएको मोटरसाइकललाई ठक्कर दिएको हो। 

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय गाौशालाले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.