|

काठमाडौं : केही दिनसम्म २ अंकमा झरेको दैनिक कोरोना संक्रमित फेरि ३ अंकमा पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा १ सय ९४ जना संक्रमित भेटिएका छन्। ६ हजार ३ सय ९४ जनामा गरिएको परीक्षणमा १ सय ९४ जना संक्रमित भेटिएका हुन्। 

आज १ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय ४८ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ५ हजार ८ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्।

हिजो ८८ जना संक्रमित भेटिएका थिए भने १ जना संक्रमितको मृत्यु भएको थियो। यस्तै आज २ लाख ३ हजार ६ सय २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.