|

संखुवासभा : संखुवासभाको मादीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। 

आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ।  हाम्रा संखुवासभा संवाददाता भविन कार्कीले १४ जनाको मृत्यु भएको  र पाँच जनाको जिवितै उद्दार गरिएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्यज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि गरेको उनले जानकारी दिए। 

मृतकहरुको पहिचान भइसकेको छैन्। संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहानै दुर्घटनामा परेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.