|

इलाम : घरेलु मैदान डोमलाल राजवंशी रंगशालामा झापा–११ आज मैदान उत्र्दैछ। झापा गोल्डकपको सेमीफाइनल प्रवेशका लागि झापाले प्रतिद्धन्द्धीको रुपमा सिक्किमको रेडपान्डा (आरपी) एफसीलाई पाएको छ।

घरेलु मैदानमा झापालाई हरेक संस्करणको उपाधिको दावेदार टोलीको रुपमा हेरिन्छ। पाचौँ संस्करण चलिरहँदा झापा अघिल्ला चारवटै संस्करणको फाइनल भिड्ने टोली हो।

तर उपाधि भने जित्न सकेको छैन्। यस संस्करणमा पाहुना टोली विरुद्ध झापाली टोली केही दबाबमा देखिन सक्छ। फुटबलको हवको रुपमा चिनिएको झापा–११ खेलाडी उत्पादनको कारखाना थियो। तर अहिले आफैँले उत्पादन गरेका खेलाडी अरु क्लबबाट किनेर ल्याउनुपर्ने अवस्थामा छ झापा–११।

भारतका विभिन्न क्षेत्रमा हुने गोल्डकप र टोलकप खेल्दै आएको रेडपान्डा एफसी विरुद्ध झापालाई दबाब हुन सक्छ। यदपी सिक्किमको टिम विरुद्ध यसअघिको झापाको नतिजा सन्तोषजनक देखिन्छ। तेश्रो संस्करणमा सिक्किम युनाइटेडविरुद्ध जित निकाल्दै झापाले सेमीफाइनलमा स्थान बनाएको थियो। नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईको कप्तानीमा उत्रिने झापाली टोलीमा  देवेन्द्र तामाङ, बिमल घर्ती मगर, विश्वास श्रेष्ठ, आन्द्रेस मिया, सत्यम श्रेष्ठ, रुमेश बर्तौला, मनिष थापा लगायतको खेलाडी रहनेछन्।

गोलपोष्टमा दिप कार्की रहनेछन्। झापाको बेञ्चमा सी डिभिजनका खेलाडीहरु रहेका छन्। घरेलु दर्शकको भरपूर समर्थनका साथका सिक्किमलाई स्तब्ध पार्दै अर्को चरण प्रवेश गर्ने झापा ११ को दाउ छ।

विगतको संस्करणमा जस्तो यसपटक झापा ११ को सेट टिम नभए पनि सशक्त टिम निर्माण भएको मुख्य प्रशिक्षक सन्तोष गुरुङले बताए। लगातार चारवटा संस्करणको फाइलनलिष्ट झापाविरुद्ध पाहुना टोली सिक्किमको खेल कस्तो हुनेछ अपराहन्न साढे २ बजे डोमलाल राजवंशी रंगशालामा देखिनेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.