सुदूरपश्चिममा कांग्रेसलाई सरकारमा नलान दबाब

|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का नेताहरूले एमालेबाट विद्रोह गरेर दोबाटोमा आइने पो हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। 

बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सुदूरपश्चिम प्रदेश समूहको सुझाव पेश गर्दै नेता शेरबहादुर कुँवरले गठबन्धन केन्द्रमा मात्रै भएर नहुने बताएका हुन्। 

उनले भने, ‘हामीले ‘विद्रोह’ गरेर दोबाटोमा आइने हो कि भन्ने भएको छ। गठबन्धनमा सामेल भएपछि जनता र पार्टीको माग सम्बोधन हुनुपर्‍यो। तल्लो तहबाट आएका सुझावहरूलाई पार्टीले सम्बोधन गर्नुपर्‍यो। गठबन्धन केन्द्रमा होला जिल्ला, पालिका वडास्तरमा बनेको छ कि छैन भन्ने कुरा बुझ्नुपर्‍यो।’ 

प्रतिवेदनमा संवैधानिक अंगहरूमाथि हस्तक्षेप कसरी गर्न खोजिएको थियो त्यो कुरा प्रष्ट गरेर जनतामा लानुपर्ने बताए। 

यस्तै, सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई सरकारमा लगेर किन स्थापित गर्ने भन्दै प्रश्नसमेत गरेका छन्। उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ। त्यहाँ माओवादी र हाम्रो बहुमत छ। सरकारमा लगेर कांग्रेसलाई बलियो बनाउने कि हामी स्थापित हुने?’

कांग्रेसलाई अहिले पनि उच्च स्थान दिएको हुनाले आफ्नो पार्टीलाई बलियो बनाउने गरी लाग्नुपर्नेमा जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.