|

काठमाडौं : नेपाल वायुसेवा निगमले यही फागुन ३० देखि काठमाडौ(दिल्ली रुटमा दैनिक दुई उडान गर्ने भएको छ।

भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै दिल्लीका लागि दैनिक दुई उडान गर्ने नेपाल एयरलाइन्सले जनाएको छ।

अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ। हाल भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन्।

नेपालबाट यो रुटमा उडान भर्ने निगम एक्लो कम्पनी हो। भारतको बनारसमा बुद्ध एयरले उडान भर्दै आएकोमा कोरोनाको संक्रमणपछि बन्द गरेको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.