|

पर्वत : माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी पर्वतका जिल्ला सचिव लोकेन्द्रजंग लामिछाने नेकपा (एमाले)मै फर्किएका छन्। एमालेका नेता लामिछाने माधव समूहले नयाँ पार्टी गठन गरेसँगै एकीकृत समाजवादीमा लागेका थिए।

आफू आबद्ध रहेको एकीकृत समाजवादी राष्ट्रियताको पक्षमा कमजोर रहेको आरोप लगाउँदै उनी एमालेमा फर्किएका हुन्। तत्कालीन एमालेभित्र केही मुद्दामा आफ्नो असहमति रहे पनि अहिले पुनः एमाले नै रोजाइमा परेको भन्दै पूर्वपार्टीमा नै फर्किने निर्णय गरेको लामिछानेको भनाइ छ। एकीकृत समाजवादी सत्ताको लोभमा सबै प्रकारका सन्धि सम्झौता गर्न तयार रहेको तथा कार्यशैली चित्त बुझ्दो नरहेको पनि उनले बताएका छन्। लामिछाने तत्कालीन तिलाहार गाविसका पूर्व गाविस अध्यक्ष समेत हुन्।

यसै गरी माओवादी केन्द्र परित्याग गरी प्रवास नगर कमिटीका नेता प्रेमबहादुर हमाल, प्रवास वाइसिएल ब्युरो प्रमुख सन्जिपराज शर्मा, अनेरास्ववियू कास्की जिल्ला सदस्य अशोक शर्मा तथा सुरक्षा शर्मा लगायतका नेता तथा कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन्।

एमालेमा प्रवेश गरेकाहरूलाई नेकपा एमाले पर्वतकी इन्चार्ज कल्पना चापागाईँ र प्रतिनिधि सभाका सदस्य पदम गिरीले एमालेमा स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.